शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५३ अङ्कले घटेर २ हजार ६ सय ४९ दशमलव ११ विन्दुमा झरेको छ ।
आज विकास बैंक, होटल, जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार ११ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ३ सय वटा कम्पनीका २ करोड ४० लाख कित्ता शेयर १० अर्ब २० करोड रुपैयाँमा किनबेच भएको छ ।