मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

लगातार छैटौं दिन घट्यो सेयर बजार

लगातार छैटौं दिन घट्यो सेयर बजार

नागरिक पाटी

४, जेठ २०८२
  • 3.8K
    SHARES
  • लगातार छैटौं दिन घट्यो सेयर बजार

    धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा बन्द भएको हो । कारोबार रकम भने वृद्धि भएको छ । आज आठ अर्ब ५० करोड रुपैयाँमा सेयर खरिद–बिक्री भएको छ । गत बिहीबार सात अर्ब आठ करोड ३३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

    images

    १०० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १४५ कम्पनीको सेयर मूल्य घटेको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य स्थिर छ । आज ओम मोगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशत र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

    कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.७१ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन, माइक्रोफाइनान्स र ‘अन्य’ समूहको परिसूचक बढको छ ।

    होटेल तथा पर्यटन समूहको १.११ प्रतिशत, माइक्रोफाइनान्सको ०.२७ प्रतिशत र ‘अन्य’को परिसूचक ४.१९ प्रतिशतले बढेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ४, २०८२ आइतवार - १७:०३:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology