आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘महाभोज’को ट्रेलरमा सहकारी ठगीको कथा

‘महाभोज’को ट्रेलरमा सहकारी ठगीको कथा

नागरिक पाटी

५, जेठ २०८२
  • 3.2K
    SHARES
  • ‘महाभोज’को ट्रेलरमा सहकारी ठगीको कथा

    चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा सहकारी ठगीको कथा दख्न सकिन्छ । सहकारीको संस्थागत ठगीमा परेका पीडितहरूको कथा देखाएको ट्रेलरमा सहकारीमा जम्मा गरेको रकम नपाएर औषधि किन्न पैसा नहुँदा ज्यान गुमाउन पुगेको दृश्य समेछ ।

    images

    सहकारी संस्थामा पहुँच राख्नेहरूले कसरी सर्वसाधारणको रकम हिनामिना गर्छन् भन्ने ट्रलेरमा समेटिएको छ ।

    जेठ १५ गते रिलिज हुने चलचित्रलाई निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् । विकास सुवेदीले कथा तथा पटकथा लेखन रहेको चलचित्रलाई क्लक वर्क क्रिएसन र पिक्चर फ्रेमले निर्माण गरेका हुन् ।

    चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याललगायतको अभिनय छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ५, २०८२ सोमवार - ०७:५९:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology