शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एसईई परीक्षा प्रदेशलाई सञ्चालन गर्न दिने

एसईई परीक्षा प्रदेशलाई सञ्चालन गर्न दिने

नागरिक पाटी

१५, जेठ २०८२
  • 2.9K
    SHARES
  • एसईई परीक्षा प्रदेशलाई सञ्चालन गर्न दिने

    सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन तथा अनुगमनको व्यवस्था प्रदेश सरकार मातहतबाट गर्ने भएको छ । आउँदाे आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेले याे जानकारी दिनुभएकाे हाे ।

    images
    images

    अर्थमन्त्री पौडेलले शिक्षा प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाउनका लागि प्रत्येक जिल्लामा कम्तीमा एक विद्यालय पर्नेगरी सय वटा विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयाे । यसका लागि प्रतिविद्यालय २५ लाख रुपैयाँ अनुदान दिने घोषणा सरकारले गरेको छ ।

    कक्षा ५ सम्म दिइँदै आएको विद्यालयको दिवा खाजामा दिइने रकम बढाएर १० अर्ब १९ करोड रुपैयाँ विनियोजन भएको छ । सरकारले आउँदाे वर्षका लागि शिक्षा क्षेत्रमा २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेकाे छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १५, २०८२ बिहिवार - २०:००:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology