आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

खनियावास र गंगाजमुनाका किसानहरुका लागि जलवायु कृषक पाठशाला सहजकर्ता तालिम शुरु

खनियावास र गंगाजमुनाका किसानहरुका लागि जलवायु कृषक पाठशाला सहजकर्ता तालिम शुरु

नागरिक पाटी

३०, जेठ २०८२
  • 4.2K
    SHARES
  • खनियावास र गंगाजमुनाका किसानहरुका लागि जलवायु कृषक पाठशाला सहजकर्ता तालिम शुरु

    जलवायु कृषक पाठशाला सहजकर्ता तालिम प्रशिक्षक प्रशिक्षण ५ दिने तालिम शुक्रवारबाट शुरु भएको छ ।

    images

    खनियावास र गंगाजमुना गाउँपालिकाको कृषक समूहबाट छनौट भई आएका बाख्रापालक अगुवा कृषकहरुको लागि प्रशिक्षक प्रशिक्षण तालीम संचालन गरिएको हो । प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी संञ्चालन गरेको उतथानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढीकरण परियोजना अन्तरगत तालीम गरिएको प्रयास नेपाल धादिङका फिल्ड संयोजक सुरज खनालले जानकारी दिनु भयो ।

    प्रशिक्षक प्रशिक्षण तालिममा कृषक पाठशालाको परिचय, अवधारणाा, उदेश्य, स्थानीय र उन्नत बाख्रा जात र तिनिहरुको बिेशेषताहरु, बाख्रापालनको लागि आवश्यक आवश्यक पर्ने डाले तथा भुइ घाँसरु,नशल सुधार ,स्थानीय स्तरमा प्रयोय गरिने कच्चा पदार्थ,दाना तथा आहारहरु, राम्रो र बढी उत्पादन दिने बाख्राको जतको छनौट, बाख्रा स्वास्थ्य व्यवस्थापन , बिधिन्न रोगका रोकथाम उपायहरु, बाख्रामा लाग्ने बिभिन्न संक्रामक रोगहरु र तिनिहरुको नियन्रण र उपचार बिधी सम्बन्धी जानकारी मिनरल ब्लक बनाउने बिधी, बाख्रााई लगाउने खोप तथा ओैषधीहरु तथा खुवाउने तरिकाहरुको बारेमा डा शिवहरि घिमिरे र यज्ञराज पाण्डेले सहजिकरण गर्नु हुने प्रयास नेपाल धादिङका पशु स्वास्थ्य प्राविधिक रुपेश तामाङले जानकारी दिनु भयो ।


    तालीममा १८ जना कृषक र प्राविधिक कर्मचारी सहित २२ जनाको सहभागी रहेको र जलबायु कृषक पाठशाला सहजकर्ता प्रशिक्षक प्रशिक्षण तालिम मंगलबारसम्म संचालन हुने प्रयास नेपाल धादिङका प्रशासन तथा लजिष्टिक सहायक राममाया तामाङले जानकारी दिनु भयो ।

    तालिम शुरुवात सत्रमा आड्रा नेपालका जिविकोपार्जन टीम लिडर कविर रत्न स्थापित ,कार्यक्म व्यवस्थापक सुरज आचार्य ,प्रयास नेपाल कार्यकारी निर्देशक दामोदर अर्यालले परियोजना लक्ष्य उदेश्य तथा संचालित क्रियाकलाप र अगुवा कृषकहरुको भुमिका र जिम्मेवारीका बिषयमा सहभागीहरुाई जानकारी गराउनु भएको पनि प्रयास नेपालका प्रशासन सहायक राममाया तामाङले जानकारी दिनु भयो ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ३०, २०८२ शुक्रवार - १९:०२:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology