आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एसीसी यू-१६ इस्ट जोन कप

भूटानलाई २ सय ९८ रनले हराउँदै नेपाल समूह विजेता

भूटानलाई २ सय ९८ रनले हराउँदै नेपाल समूह विजेता

नागरिक पाटी

१७, आषाढ २०८२
  • 5.0K
    SHARES
  • भूटानलाई २ सय ९८ रनले हराउँदै नेपाल समूह विजेता

    काठमाण्डौ । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल लगातार चौथो खेलमा विजयी भएको छ । मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भूटानलाई २ सय ९८ रनले हरायो ।

    images

    नेपालले दिएको ३ सय ५९ रनको लक्ष्य पछ्याएको भूटानले ३२ ओभर ४ बलमा ९ विकेट गुमाएर ६० रन बनायो । भूटानका अन्तिम ब्याटर क्रिजमा आएनन् । भूटानका शेजाङ दावाले सबैभन्दा धेरै १४ रन बनाए । नेपालका कप्तान विपिनप्रसाद शर्माले ४ तथा सुयोग भट्टराई र सचिन भट्टले २र२ विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रन बनायो । नेपालका रौनक श्रीवास्तवले शतक बनाए । श्रीवास्तव १ सय ३२ बलमा कीर्तिमानी १ सय ६८ रन बनाएर आउट भए । कुनै पनि उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितमा नेपाली खेलाडीले बनाएको यो उच्च व्यक्तिगत रन हो । यसअघि यो कीर्तिमान अर्जुन कुमालको नाममा थियो । अर्जुनले एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा साउदी अरेबियासँगको खेलमा १ सय ४२ रन बनाएका थिए ।

    यस्तै जोय थापाले नटआउट ६१, शिवांश बजगाइँले ५४ रन बनाए । भूटानका साङ्गे दोर्जीले ३ विकेट लिए ।

    नेपाल समूह चरणका सबै खेल जितेर सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो । यो समूहबाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । यस्तै समूह ‘बी’ बाट हङकङ शीर्ष स्थान र मलेशिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका छन् ।

    अब सेमिफाइनलमा नेपालले मलेशियासँग र हङकङले सिङ्गापुरसँग खेल्नेछ । १६ वर्षमुनिको इस्ट जोन कपको सेमिफाइनल खेल पर्सि बिहीवार हुनेछ । यस्तै फाइनल खेल आउँदो शनिवार हुनेछ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ १७, २०८२ मंगलवार - १८:३६:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology