नेपालले भूटानलाई हराउँदै २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा विजयी शुरुवात गरेको छ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा हिजो भएको खेलमा नेपालले भूटानमाथि ६–१ गोलको जीत निकाल्यो । नेपालको खेलमा पूर्णिमा राईले ह्याट्रिक गरिन । सेनु परियारले दुई गोल गरिन् । जीतसँगै नेपालले तीन अङ्क जोडेको छ ।
नेपालले खेलको पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । त्यसैगरी खेलको ५४औं मिनेटमा भूटानले एक गोल फर्कायो । खेलको ६३औं मिनेटमा पूर्णिमाले गोल गर्दै नेपालको अग्रता ४–० मा पु¥याइन् । खेलको ८४औं मिनेटमा पूर्णिमाले ह्याट्रिक पूरा गरिन् । खेलको ८८औं मिनेटमा पूर्णिमाले आफ्नो चौथो गोल गर्दै नेपाललाई ६–१ को अवस्थामा ल्याइन् ।
त्यसअघि प्रतियोगिताअन्तर्गत हिजै भएको उद्घाटन खेलमा घरेलु टोली बङ्गलादेशले श्रीलङ्कालाई ९–० को फराकिलो अन्तरले हराएको छ । अब नेपालले भोलि बङ्गलादेशसँग खेल्ने छ ।