शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मलेखुमा वृहत्त खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १०५ पाउण्ड रगत संकलन

मलेखुमा वृहत्त खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १०५ पाउण्ड रगत संकलन

शिवराज आचार्य

२९, आषाढ २०८२
  • 7.2K
    SHARES
  • मलेखुमा वृहत्त खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १०५ पाउण्ड रगत संकलन

    धादिङ । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३०औं स्थापन दिवसका अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images

    धादिङको बेनीघाट रोराङ-३ रिचोकटार, मलेखुमा  वृहत्त खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा १०५ पाउण्ड रगत संकलन भएको छ। जस्मा २० जना महिला र ८५ जना पुरुष रहेका छन्।   

    518308604_1578319666903091_31666606747440774_n.jpg

    रक्तदान कार्यक्रममा बोल्नु हुँदै सहकारीका अध्यक्ष गिरीराज कंडेलले रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने धारणा व्यक्त गरेका छन्।

    जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङ सभापति दुलभ कुमार तामाङले जानकारी दिनु भयो।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २९, २०८२ आइतवार - १७:५९:२८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology