हेटौँडामा आठौँ संस्करणको कोरा साइकल र्याली हुने भएको छ। सन् २०१८ देखि निरन्तर रूपमा साइकल महोत्सव गर्दै आएको हेटौँडा राइडर्स क्लबले यही शनिबार र्याली हुने क्बलका अध्यक्ष विकास ताम्राकारले जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुवनेश्वर पशुपतिनाथ मन्दिरपरिसरबाट बिहान ७ बजे सुरु हुने र्याली विभिन्न धार्मिक र पर्यटकीय स्थलको परिक्रमा गर्दै बुद्धचोकमा समापन हुनेछ। र्यालीमा सहभागी हुन इच्छुकले तीन सय रुपैयाँ शुल्क तिरेर नाम दर्ता गर्न सक्ने बताइएको छ। र्यालीमा सहभागीहरूलाई निःशुल्क जर्सी उपलब्ध गराइने आयोजकले जनाएको छ।
अध्यक्ष ताम्राकारले र्यालीमा १२ वर्षभन्दा माथिका जो–कोही साइकलप्रेमी सहभागी हुन सक्ने जानकारी दिए। यसपटकको र्यालीमा चितवन, बारा, पर्सा, काठमाडौंलगायत विभिन्न जिल्लाबाट करिब ३ सयभन्दा बढी राइडरको सहभागिता रहने अपेक्षा गरिएको छ।