सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजारमा २१ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

शेयर बजारमा २१ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

नागरिक पाटी

४, श्रावण २०८२
  • 3.9K
    SHARES
  • शेयर बजारमा २१ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
    images

    पछिल्लो समय निरन्तर रूपमा बढेको नेप्से साताको पहिलो कारोबारका दिन सामान्य अङ्कले बढेर कारोबार बन्द भएको छ ।

    images

    आइतबार नेप्से परिसूचक ०.३२ अङ्क बढेर २८७०.९५ विन्दुमा पुगेको छ ।

    आइतबार कारोबारमा आएका ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार कित्ता शेयर २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सामान्य अङ्कले कारोबार बढे पनि कारोबार भने उच्च अङ्कले बढेको छ । गत बिहीबार भने नेप्से साढे १६ अर्बको सेयर खरिदबिक्री भएको थियो ।

    नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। जसमा अन्य उपसमूहको परिसूचक ३.३६ प्रतिशत, होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ४, २०८२ आइतवार - १६:५३:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology