बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई उनकै दलका सांसदहरुले पदबाट हटाउने तयारी गरेका छन्। लामालाई कांग्रेस प्रदेश संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। कांग्रेस संसदीय दलको विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुन्छन्।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएकाे हाे। अविश्वासको प्रस्तावमा पदबाट राजीनामा दिएका कांग्रेसका चार मन्त्रीसहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन्।
आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणका क्रममा मन्त्री, सांसदलगायतबीच विवाद चुलिएको थियो।