आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

निर्धक्क भई गोसाइँकुण्डको मेला भर्न तीर्थयात्रीसँग अनुरोध

निर्धक्क भई गोसाइँकुण्डको मेला भर्न तीर्थयात्रीसँग अनुरोध

नागरिक पाटी

१२, श्रावण २०८२
  • 3.3K
    SHARES
  • निर्धक्क भई गोसाइँकुण्डको मेला भर्न तीर्थयात्रीसँग अनुरोध

    गोसाइँकुण्ड मेला व्यवस्थापन समितिले स्वास्थ्य व्यवस्थासहित शान्ति सुरक्षाको प्रबन्ध गरिएकाले निर्धक्क भई जनै पूर्णिमा पर्वको अवसरमा गोसाइँकुण्डको मेला भर्न श्रद्धालु भक्तजनसँग अनुरोध गरेको छ ।

    images

    जिल्ला प्रशासन कार्यालय धुन्चेमा बसेको मेला व्यवस्थापन समितिको बैठकले धुञ्चेसम्म जोडिएका सबै सडक मार्ग राम्रो भएको, यातायातका साधन निर्वाधरुपमा चलिरहेको, गोसाइँकुण्डबाट फर्की आउने तीर्थयात्रीका अनुसार बाटोमा कुनै पनि समस्या नरहेको र जिल्लास्थित सुरक्षा संयन्त्रबाट जनै पूर्णिमाको अवसरमा हुने भक्तजन एवं तीर्थयात्रीको चापलाईसमेत दृष्टिगत गरी सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त भएकाले निर्धक्क भई मेला भर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

    जनै पूर्णिमाका अवसरमा गोसाइँकुण्ड मेला भर्न जाने तीर्थयात्रीलाई जिम्मेवारी बोधसहित आवश्यक सहयोग एवं स्वागत गर्न रसुवा तयार रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १२, २०८२ सोमवार - ०८:०४:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology