शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धार्के-सीतापाइला सडकमा ट्याक्सी दुर्घटना, चालकसहित ६ जना घाइते

धार्के-सीतापाइला सडकमा ट्याक्सी दुर्घटना, चालकसहित ६ जना घाइते

आशिष ठकुरी

१२, श्रावण २०८२
  • 5.0K
    SHARES
  • धार्के-सीतापाइला सडकमा ट्याक्सी दुर्घटना, चालकसहित ६ जना घाइते

    धार्के सीतापाइला सडकमा ट्याक्सी दुर्घटना भएको छ। काठमाडौंबाट चितवन जाँदै गरेको बा २ ज २९९५ नम्बरको ट्याक्सी सोमबार बिहान धुनिवेशी नगरपालिका ५ कुमाइखोलास्थित धार्के सितापाइला सडकबाट तल खसेर दुर्घटना भएको हो।

    images
    images

    दुर्घटनामा परी चालकसहित ६ जना घाइते भएका छन्। तीमध्ये दुई जना मध्यम र ४ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

    घाइतेहरुमा सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका-३ कि ४१ वर्षीय मिना खड्का, २४ वर्षीय सागर खड्का, २१ वर्षीय सन्जु खड्का, १६ वर्षीय जस्मिन खड्का, र सात वर्षीया जेशिका गुरूङ छन्। चालक सिन्धुपाल्चोकका २३ वर्षीय दिनेश दंगाल पनि घाइते छन्। घाइतेहरू सबैलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ।

    डिएसपी हमालका अनुसार ट्याक्सी आफै अनियन्त्रित भएर सडकबाट अन्दाजी ५ मिटर तल खसेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १२, २०८२ सोमवार - ११:५८:४४ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology