आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङको धुनिवेशीमा मनाइयो राष्ट्रिय कोदो दिवस

धादिङको धुनिवेशीमा मनाइयो राष्ट्रिय कोदो दिवस

शिवराज आचार्य

१६, श्रावण २०८२
  • 4.5K
    SHARES
  • धादिङको धुनिवेशीमा मनाइयो राष्ट्रिय कोदो दिवस

    धादिङका धुनिवेशी नगरपालिका–५ मा राष्ट्रिय कोदो दिवस २०८२ को अवरमा कृषक जागरण कार्यक्रम सम्पन्न भएको छ । “कोदोजन्य परिकारको आहार ः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको छ ।

    images

    कृषि विकास कार्यालय धादिङको आयोजना तथा कृषि रेडियोको सहकार्य, रेडियो राजमार्गको सञ्चार साझेदार तथा जीवनपुर साना किसान सहकारी संस्था लिको समन्वयमा कार्यक्रम भएको हो ।

    कार्यक्रममा धुनिवेशी नगर सहकारी संघका अध्यक्ष बासु देब बास्कोटाले कोदो रैथाने बाली भएकाले सहकारीहरूले यस्ता बालिको संरक्षण गर्न थालेको बताउनु भएको छ । उहाँले नगरपालिकासंग साझेदारी गरेर रैथाने बालीको बजारी करण गरिने बताउनु भयो।

    526969209_1184919410338690_7425688618753377859_n.jpg

    यस्तै कार्यक्रममा बोल्नु हुँदै धुनिवेशी नगरपालिका कृषि शाखाका प्राविधिक सन्तोष खड्काले कोदोको महत्व र प्राविधिक पक्षबारे प्रकाश पार्नु भएको थियो। उहाँले कोदोका नियमित शेवनबाट स्वास्थ्यमा पर्ने सकारात्मक प्रभाव, रोग प्रतिरोधात्मक क्षमता, तथा बजारीकरणको सम्भावना बारे समेत कृषकलाई जानकारी गराउनु भएको थियो ।

    यस्तै नगरपालिकाका शिक्षा शाखा प्रमुख कर्ण बहादुर भुवाजीले विद्यालयको दिवा खाजामा कोदोजन्य परिकार समावेस गरिने बताउनु भएको छ । कार्यक्रमका बोल्नु हुँदै वडा अध्यक्ष विशाल भट्टराइले किसानहरूलाई स्थानीय तहबाट कोदोको बजारीकरणको सहयोग गरिने प्रतिबद्धता जनाउनु भयो।

    यस्तै कार्यक्रमका बोल्नु हुँदै धुनिवेशी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसीले कोदो सम्बन्धी आफ्ना अनुभव सुनाउँदै रैथाने बालिका रूपमा कोदोको संरक्षण र प्रवद्र्धनका लागि नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो।

    यस्तै कार्यक्रममा बोल्नु हुँदै कृषि विकास कार्यालय धादिङका कृषि अधिकृत जयराम अधिकारीले कोदोजस्तो पौष्टिक अन्नलाई खेती र दैनिक आहारमा समावेश गर्न सके शरिरलाई फाइदा हुने बताउनु भयो।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १६, २०८२ शुक्रवार - १९:०९:२३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology