आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

संविधान संशोधनमा समेट्नुपर्ने विषय

संविधान संशोधनमा समेट्नुपर्ने विषय

नागरिक पाटी

१७, श्रावण २०८२
  • 7.1K
    SHARES
  • संविधान संशोधनमा समेट्नुपर्ने विषय

    ✍️ भाइकाजी तिवारी
    देश संघीयतामा गए पछि धेरै विकास हुन्छ, देशमै रोजगारी हुन्छ युवाहरुले देशमै रोजगारी पाउँछन् अनि समुन्नत नेपाल खुसी नेपालीको सपना पुरा होला भनेको तर यसको विपरित भइरहेको देखिन्छ ।

    images

    कुनै पनि जनप्रतिनिधि सँग जनता खुसी भएको देखिँदैन । सामाजिक सन्जालका राखिएका विभिन्न विषयका पोष्टहरुमा राम्रो कमेन्ट भन्दा पनि अधिकाँश नराम्रो वा नकारात्मक कमेन्ट देखिन्छ । यसलाई एउटा जनप्रतिनिधि र पार्टीको जिम्मेवार व्यक्तिको हैसियत बाट हेर्दा मलाई पनि देशमा पुनः संविधान संशोधन गरेर राज्य पुनर्संरचना गर्नु पर्ने लगायत अन्य धेरै कुरा सुधार गरेमात्र र धेरै चालू खर्च कटौती गर्न सके मात्र देश विकासले तिव्रता पाउन सक्छ ।

    सुधार्नु पर्ने तथा संविधान संशोधनमा समेट्नुपर्ने विषय
    १. संघीय साँसद एउटा जिल्लामा एक जना भए पुग्छ ।
    २. संघमा अहिले भएको समानुपातिक संसदमा ५०% कटौती गर्नु पर्ने देखिन्छ ।
    ३. प्रदेश सभा खारेज गरेर प्रदेश प्रमुख, स्थानीय जनप्रतिनिधि मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षको भोटिङ बाट प्रत्यक्ष निर्वाचन गर्ने र त्यसको सदस्य स्थानीय जनप्रतिनिधि प्रमुख र उपप्रमुख हुँदा ठूलो खर्च कटौती हुन्छ ।
    ४. जिल्ला समन्वय समिती खारेज गर्नु पर्छ ।
    ५. अहिलेको प्रदेश क्षेत्रलाई पालिका बनाउनु पर्छ ।
    ६. पहिलेको साविक गाविसलाई वडा बनाई अझ वडालाई अधिकार सम्पन्न बनाई साना योजनाको रकम वडाबाट भुक्तानी गर्ने व्यवस्था हुनुपर्छ । यसले गर्दा ठूलो मात्रामा अनावश्यक कर्मचारी पनि कटौती हुन्छ ।
    ७. राष्ट्रबाट पाउने सेवा सुविधा जातको आधारबाट होइन वर्गको आधारमा हुनुपर्छ । अनि मात्र समान हुन्छ ।
    ८. देशको जनताहरुलाई विभिन्न वर्गमा विभाजन गरी सामाजिक सुरक्षा भत्ता पूर्ण रूपमा वर्गको आधारमा वितरण गर्नु पर्ने देखिन्छ अनि मात्र ठूलो रकम चालू खर्चबाट बचत गरी देश बिकासमा खर्च गर्न सकिन्छ ।
    ९.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा कार्यकारी प्रधानमन्त्री हुनुपर्छ ।

    यी माथिका बुँदाहरू नै देशका बहुसंख्यक नागरिकहरुको चाहना हो भन्ने मेरो विचारमा लाग्दछ ।

    लेखक तिवारी गल्छी गाउँपालिका धादिङको उपाध्यक्ष तथा नेपाली काङ्ग्रेस धादिङका जिल्ला सदस्य हुनुहुन्छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०८२ शनिवार - २१:३८:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology