धार्के सितापाईला सडकमा मँगलबार दिउँसो फेरि अर्को दुर्घटना भएको छ । धादिङको धुनिवेशी–५ फुलौरे स्थित उक्त सडक खण्डमा काठमाण्डौबाट धार्के तर्फ गुडेको बा.प्र.०१–०२५ च ९४८९ नं. को हात्ति गाडीले पैदलयात्रीलाई ठक्कर दिएर दुर्घटना भएको हो ।

गाडीको ठक्करबाट सोहि वडाको राईगाउँ बस्ने अन्दाजी ३२/३३ वर्षको बिक्कि तामाङ घाईते भएका छन् । घाईते तामाङको टाउको र दाहिने कोखामा चोट लागेको छ । उनलाई उपचारको लागि काठमाण्डौँ पठाईएको छ । हात्ति गाडी र चालक प्रहरी चौकी जिवनपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय यो सडकखण्डमा दुर्घटनाको सँख्या बढेको छ ।