आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

नागरिक पाटी

२०, श्रावण २०८२
  • 5.1K
    SHARES
  • बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

    बागमती प्रदेशको छैटौं मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

    images

    बानियाँ ११० सदस्यीय प्रदेशसभामा कांग्रेस र नेकपा एमाले गठबन्धनको समर्थनमा ६४ सांसदको बहुमतका आधारमा सरकार प्रमुख बन्नुभएको हो ।

    मकवानपुर घर भएका बानियाँ कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत हुनुहुन्छ । उहाँ डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामापछि बागमतीको नेतृत्व सम्हाल्ने छैटौं व्यक्ति हुनुहुन्छ । मकवानपुरबाट यो जिम्मेवारी पाउने बानियाँ दोस्रो व्यक्ति हुनुहुन्छ । यसअघि बागमतीका पहिलो मुख्यमन्त्री डोरमणि पौडेल पनि मकवानपुरका हुनुहुन्थ्यो ।

    बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका रूपमा आज शपथ ग्रहण गरेसँगै एमालेका तर्फबाट मन्त्री बन्ने व्यक्तिहरूको नाम प्रायः टुङ्गिएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०८२ मंगलवार - १५:४३:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology