आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मन्त्री देवकोटाद्धारा सिमखोला बेलिब्रिज निर्माणको अवलोकन

मन्त्री देवकोटाद्धारा सिमखोला बेलिब्रिज निर्माणको अवलोकन

नागरिक पाटी

२२, श्रावण २०८२
  • 4.7K
    SHARES
  • मन्त्री देवकोटाद्धारा सिमखोला बेलिब्रिज निर्माणको अवलोकन

    विपद् प्रभावित हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको सडक कुलेखानी सिस्नेरी अन्तर्गतको सिमखोला बेलिब्रिज अन्तिम चरणमा पुगेको छ । केही दिनमा नै सञ्चालनमा ल्याउने गरी निर्माण व्यवसायीहरूले काम गरिरहेको उक्त पुलमा गत असोजको विपद्बाट क्षति पुगेको थियो ।

    images

    बिहीबार विपद् प्रभावित उक्त बेलिब्रिजको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटाले स्थलगत अनुगमन गरेका हुन् । इन्द्रसरोवर गाउँपालिका–२, सिमखोलामा हेटौँडा–कुलेखानी–काठमाडौँ सडक खण्ड अन्तर्गत निर्माणाधीन बेलिब्रिजको काम अन्तिम चरणमा पुगेको उनले बताए । अबको केही दिनभित्र सवारी साधन आवतजावत यसै पुलमार्फत सञ्चालनमा ल्याइने उनले बताए ।

    बिहीबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा।देवकोटासहित इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक इन्जिनियर नविन कुमार सिंह सहितको टोलीले निर्माणस्थलमै पुगेर पुलको प्रगति स्थिति अवलोकन गरेका थिए । निरीक्षणपछि निर्माण पक्षसँग छलफल गर्दै बाँकी कार्य शीघ्र सम्पन्न गरी समयमै सञ्चालनमा ल्याउन मन्त्री डा। देवकोटाले निर्देशन दिएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २२, २०८२ बिहिवार - १८:४०:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology