आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

महिला वरियतामा नेपालद्धारा १३ स्थानको फड्को

महिला वरियतामा नेपालद्धारा १३ स्थानको फड्को

नागरिक पाटी

२२, श्रावण २०८२
  • 2.9K
    SHARES
  • महिला वरियतामा नेपालद्धारा १३ स्थानको फड्को

    नेपाली महिला राष्ट्रिय टोली फिफा विश्व वरियतामा १३ स्थानको फड्को मार्दै ८७औं स्थानमा उक्लिएको छ । नेपाली महिला फुटबलको इतिहासमा यो अहिलेसम्मकै सर्वोत्कृष्ट वरियता हो । सन् २००३ बाट सुरु भएको महिला वरियताको इतिहामा यसअघि २०१७ डिसेम्बर १५ मा प्रकाशित विश्व वरियता सूचिमा ९१औं स्थान हासिल गर्नु नेपालको सबभन्दा उच्च वरियता थियो।

    images

    स्पेनले शीर्ष स्थानमा अमेरिकालाई स्थानान्तरण गर्दा अमेरिका दोस्रो स्थानमा झरेको छ । अमेरिका यसअघि शीर्ष स्थानमा थियो भने स्पेन दोस्रो स्थानमा थियो । यसैगरी स्वीडेन छैटौंबाट तेस्रो स्थानमा उक्लिँदा पाँचौं स्थानबाट इङ्ल्यान्ड चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा रहेको जर्मनी पाँचौं स्थानमा झरेको छ । त्यस्तै चार स्थानको फड्को मार्दै फ्रान्स छैटौं स्थानमा उक्लिँदा तीन स्थान तल झरेको ब्राजिल सातौं तथा जापान क्यानाडा र दक्षिण कोरिया क्रमषः आठौं, नवौं र १०औं स्थानमा छन् । जापान, क्यानाडा र कोरिया अघिल्लो वरियताको तुलनामा यसपाली एक स्थान तल झरेका थिए ।

    एसियाली देशको बीचमा भने नेपालको स्थान १६औं छ । एसियाली देशमध्ये सबभन्दा माथि रहेको जापान विश्व वरियताको आठौं स्थानमा छ ।

    दक्षिण एसियाली देशमध्ये भारत सबभन्दा माथि छ भने नेपाल दोस्रो स्थानमा छ । भारतको विश्व वरियता ६७ छ भने एसियाली देशबीच भारतको स्थान १२औं छ ।

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार जारी गरेको नयाँ विश्व वरियतामा सबभन्दा धेरै सुधार गर्ने क्रममा २४ स्थानको फड्को मारेको बंगलादेश १०४औं स्थानमा पुगेको छ । एसियाली देशबीच १९औं स्थानमा उक्लिएको बंगलादेश दक्षिण एसियाली प्रतिद्वन्द्वीहरुमध्ये तेस्रो स्थानमा छ ।

    यसैगरी दक्षिण एसियाका पाकिस्तान तीन स्थानको सुधार गर्दै १५४, दुई स्थान तल झरेको श्रीलंका १६१ आठ स्थानको सुधार गरेको भुटान १६३ तथा दुई स्थान तल झरेको माल्दिभ्स १६५औं स्थानमा छन् ।

    एसियाली देशबीच पाकिस्तानको वरियता ३१औं छ भने श्रीलंका ३५, भुटान ३६ तथा माल्दिभ्स ३८औं स्थानमा छन् ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २२, २०८२ बिहिवार - १८:४७:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology