आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न

देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न

नागरिक पाटी

२७, श्रावण २०८२
  • 4.4K
    SHARES
  • देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न

    साउन २५ गते अर्थात् हिजोसम्ममा देशभर ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार धान रोपाइँ हुने १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ५४ हजार ८ सय ८६ हेक्टरमा रोपाइँ सकिएको हो ।

    images

    यो गएको वर्षको साउन २५ गतेकै तुलनामा ७ दशमलव १९ प्रतिशतले कमी हो । गएको वर्ष साउन २५ गतेसम्ममा ९८ दशमलव १९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

    यस वर्ष सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९ दशमलव ७२ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा कम मधेश प्रदेशमा ७६ दशमलव ५४ प्रतिशतमात्रै रोपाइँ भएको छ ।

    मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ९८ दशमलव ०४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८ दशमलव ०७ प्रतिशत, गण्डकी प्रदेशमा ९२ दशमलव ७७ प्रतिशत, बागमती प्रदेशमा ९३ दशमलव ५६ प्रतिशत र कोशी प्रदेशमा ८० दशमलव ३९ प्रतिशत रोपाइँ भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २७, २०८२ मंगलवार - ०८:०५:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology