आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङबेसीमा कृषक बजार पाठशाला सम्बन्धी प्रशिक्षण सुरु

धादिङबेसीमा कृषक बजार पाठशाला सम्बन्धी प्रशिक्षण सुरु

नागरिक पाटी

२७, श्रावण २०८२
  • 8.0K
    SHARES
  • धादिङबेसीमा कृषक बजार पाठशाला सम्बन्धी प्रशिक्षण सुरु

    धादिङ । कृषक बजार पाठशाला सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालीम आईतबारबाट धादिङ बेसीमा शुरुवात भएको छ ।

    images

    प्रशिक्षक प्रशिक्षण तालिम गंगाजमुना र खनियाबासका समुहबाट छनौट भई आएका अगुवा कृषक र परियोजना संलग्न कर्मचारीहरु समेत गरी २४ जनाको सहभागी रहेको प्रयास नेपालका प्रशासन तथा लजिष्टक सहायक राममाया तामाङले जानकारी दिनु भयो ।

    शुक्रवारसम्म संचालन हुने ५ दिने तालिममा आड्रा नेपालका जिविकोपार्जन टिम लिडर कविररत्न स्थापित र कार्यक्रम व्यवस्थापक सुरज आचार्यले समुदायमा बैठक र समूह पहिचान,समूह गठन र अध्ययन प्रक्रियाको जानकारी,कृषि प्रसार र बजारको बारेमा कृषकको अनुभव,अनुगमन,घरेलु अर्थव्यवस्था र पारिवारिक खेती,मौसम पात्रो, नगद प्रवाह र बचत,बजार, मूल्य, भुक्तानीका सर्तहरू र गणना सीप,मूल्य श्रृंखला लगायतका बिषयबस्स्तुमा सहजिकरण गर्नु हुनेछ ।

    यसैगरी तालिममा नक्सा,मूल्य अभिवृद्धि र मूल्य ह्रास {घट्ने} सुधार सीप,बजार भ्रमण (स्थानीय बजार),वार्ता र सम्झौता,सामूहिक बजार र संगठन ऐच्छिक सत्र, सहजीकरण सहभागीले आफ्नो समूहमा गएर तालिम दिने बिषयबस्तुमा समेत सहजिकरण गर्नु हुनेछ । तालिम पछि अगुवा कृषकहरुले कृषक बजार पाठशाला सम्बन्धी निर्देशिकाको आधारमा रहि समुह तहमा पाठशाला संचालन मार्फत उत्पादन बृदधि र बजारीकरण सम्बन्धी ज्ञान,सिप र अनुभव प्रदान गर्नु हुने प्रयास नेपाल धादिङका फिल्ड संयोजक सुरज खनालले बताउनु भयो ।

    dd85f337-974b-4f53-8fbc-ebc58b03f04e.jpeg

    पहिलो चरणमा गंगाजमुनामा ३ स्थान र खनियावासमा २ स्थानमा कृषक बजार पाठशाला संचालन हुने पनि संयोजक खनालले बताउनु भयो । तालिमको उद्घाटन सत्रमा प्रयास नेपाल धादिङका अध्यक्ष बिर बहादुर श्रेष्ठ,कार्यकारी निर्देशक दामोदर अर्याल,उप समिति संयोजक ईश्वरी कोईराला सहितको उपस्थिति रहेको प्रयास नेपाल धादिङका रुपेस तामाङले जानकारी दिनु भयो।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २७, २०८२ मंगलवार - १९:०८:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology