आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

साउथवेस्टर्न स्टेट कलेजमा देशकै ठूलो अन्तर–कलेज चेस प्रतियोगिता सुरु

साउथवेस्टर्न स्टेट कलेजमा देशकै ठूलो अन्तर–कलेज चेस प्रतियोगिता सुरु

नागरिक पाटी

२८, श्रावण २०८२
  • 3.9K
    SHARES
  • साउथवेस्टर्न स्टेट कलेजमा देशकै ठूलो अन्तर–कलेज चेस प्रतियोगिता सुरु

    काठमाडौं । बसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेजको आयोजनामा आजदेखि “पहिलो साउथवेस्टर्न स्टेट इन्टर–कलेज चेस च्याम्पियनशिप २०२५” भव्य रूपमा सुरु भएको छ। कलेज तहमा आयोजित यो देशकै सबैभन्दा ठूलो चेस प्रतियोगिता मानिएको छ, जसमा देशभरका ४० भन्दा बढी कलेजका १०० भन्दा बढी विद्यार्थी खेलाडीहरूको सहभागिता छ।

    images

    दुई दिनसम्म चल्ने यस प्रतियोगितामा कुल रु. १,४२,००० को नगद पुरस्कारसहित पदक र ट्रफी प्रदान गरिनेछ।

    पुरस्कार विवरण यसप्रकार छन्:

    प्रथम स्थान: रु. ५०,००० + पदक

    द्वितीय स्थान: रु. २५,००० + पदक

    तृतीय स्थान: रु. १५,०००

    IMG-20250812-WA0139.jpg


    प्रतियोगिताको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र साउथवेस्टर्न स्टेट कलेजका प्राचार्य डा. राजेन्द्र के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष मदन गुरुङ र वडा नं. ७ का वडाध्यक्ष नरत्तम रानाले पनि उपस्थित रहँदै चेस खेल र युवा प्रतिभा विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

    टूर्नामेन्टका मुख्य निर्णायक FA मिशन बास्कोटा र निर्देशक सन्देश पाण्डेका अनुसार, यो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता, रणनीतिक सोच र मानसिक एकाग्रता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

    आजको प्रतिस्पर्धामा मिसन दाहाल, रिसन थापा, अविन पाण्डे, पुरुषोत्तम सिलवाल, सुजन काफ्ले र अभिक शाहले उत्कृष्ट प्रदर्शन गर्दै चार खेलमा चारै जित हासिल गरे। उनीहरू भोलि आपसमा प्रतिस्पर्धा गर्दै नगद पुरस्कारसहित सम्मानका लागि भिड्नेछन्।

    प्रतियोगिताले विद्यार्थीहरूमा उच्च ऊर्जा र प्रतिस्पर्धी भावना थपिदिएको छ। खेललाई भव्य र सभ्य बनाउन साउथवेस्टर्न स्टेट कलेजकी इन्टरनेसनल को–अर्डिनेटर सरिता शाक्य, निर्देशक सन्देश पाण्डे र मुख्य निर्णायक मिशन बास्कोटाले उल्लेखनीय मेहनत गरेका छन्। मेयर प्रकाश अधिकारीले पनि निकट भविष्यमा चेसलाई अझै बढावा दिन अर्को ठूलो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन्।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०८२ बुधवार - ०८:०३:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology