मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

नेप्से आज सामान्य बढ्यो, ७ अर्ब ४६ करोडको कारोबार

नेप्से आज सामान्य बढ्यो, ७ अर्ब ४६ करोडको कारोबार

नागरिक पाटी

२९, श्रावण २०८२
  • 3.1K
    SHARES
  • नेप्से आज सामान्य बढ्यो, ७ अर्ब ४६ करोडको कारोबार

    लगातार ३ दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६२ अङ्कले बढेर २ हजार ७ सय ८८ दशमलव ३६ विन्दुमा पुगेको छ ।

    images

    आज विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । अन्य समूहको शेयर १ दशमलव ८० प्रतिशतले उकालो लागेको छ ।

    आज नेपाल रिपब्लिक मिडिया कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन एनआईसी एशिया फ्लेक्जी क्याप फन्डको शेयर ८ दशमलव ३१ प्रतिशतले घटेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब १६ करोडको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका १ करोड ९२ लाख कित्ता शेयर ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २९, २०८२ बिहिवार - १८:०१:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology