शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेमा  गणित शिक्षकहरुका लागि क्षमता अभिवृध्दि सम्बन्धी पाँच दिने तालिम सम्पन्न

थाक्रेमा  गणित शिक्षकहरुका लागि क्षमता अभिवृध्दि सम्बन्धी पाँच दिने तालिम सम्पन्न

शिवराज आचार्य

३१, श्रावण २०८२
  • 5.4K
    SHARES
  • थाक्रेमा  गणित शिक्षकहरुका लागि क्षमता अभिवृध्दि सम्बन्धी पाँच दिने तालिम सम्पन्न

    धादिङको थाक्रेका सामुदायिक विद्यालयमा अध्ययपन गराउनु हुने गणित शिक्षकहरुका लागि क्षमता अभिवृध्दि सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । थाक्रे गाउँपालिकाको आयोजना, एकिकृत सामुदायिक विकास अभियान(ICDC)नेपाल र एक्सनएड नेपालको साझेदारीमा थाक्रे गाउँपालिकामा संचालन भइरहेको स्थानिय अधिकार कार्यक्रम अन्र्तगत सामुदायिक विद्यालयमा गणित विषय पढाई रहेका विषय शिक्षकहरुका लागि ५ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

    images
    images

    साउन २६ गते थाक्रे गाउँपालिकाको अध्यक्ष राम कुमार आर्चायको अध्यक्षतामा शुरु भएको तालिम उहाँकै अध्यक्षतामा समापन भएको छ । यस तालिममा गणित विषयको सिकाई उपलब्धिमा सुधार ल्याउने र विषयगत शिक्षकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ संचालन गरिएको हो ।

    तालिममा २० जना विषयगत गणित शिक्षकहरुको सहभागिता रहेको थियो । तालिममा मुख्यतया गणित विषय पढाउँदा आइपरेका समस्या र समाधान, गणित शिक्षण सिकाई विधि, शिक्षण सामग्री तयारी र प्रयोग, कक्षाकोठा व्यावस्थापन, गणित विषयको पाठ्यक्रम, सिकाई उपलब्धि, सिकाई सक्षमता, नतिजा विश्लेषण, विशिष्टिकरण तालिका, प्रश्न पत्र निर्माण, उत्तर कुञ्जीका तयारी, उत्तरपुस्तिका परिक्षण, विद्यार्थिको प्राकिटिकल÷व्यावहारि÷आन्तरीक÷परियोजना कार्यको मुल्यांकन विधि र अभ्यास आदि विषयबस्तुहरुमा प्रशिक्षण भएको थियो । तालिमकै क्रममा प्रकाश सिंखडाको संयोजकत्व र शिक्षा शाखाको एक जना प्रतिनिधि सदस्य रहने गरी पालिकास्तरिय गणित विषयको सात सदस्यि विषयगत समिति समेत गठन गरिएको छ।

    यसै गरी तालिमको सहजिकरण डा.रमेश प्रसाद अवस्थीले गर्नु भएको थियो । तालिममा सहभागिहरुलाई प्रमाण पत्र पनि वितरण गरिएको छ । कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्य, प्रशिक्षक रमेश प्रसाद अवस्थी, एकिकृत सामुदायिक विकास अभियान नेपालका अध्यक्ष गोपाल लम्सालले आफ्ना महत्वपूर्ण भनाईहरु राख्नु भएको थियो । तालिम न्यू पाथिभरा होटल, धार्केमा सञ्चालन भएको थियो।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०८२ शनिवार - १४:१३:३५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology