शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेमा विज्ञान शिक्षकहरुका लागि पाँच दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

थाक्रेमा विज्ञान शिक्षकहरुका लागि पाँच दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

शिवराज आचार्य

२, भाद्र २०८२
  • 6.6K
    SHARES
  • थाक्रेमा विज्ञान शिक्षकहरुका लागि पाँच दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

    धादिङको थाक्रेका सामुदायिक विद्यालयमा अध्यापन गराउनु हुने विज्ञान तथा प्रविधि शिक्षकहरुका लागि पाँच दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

    images
    images

    थाक्रे गाउँपालिकाको आयोजना, एकिकृत सामुदायिक विकास अभियान(ICDC)नेपाल र एक्सनएड नेपालको साझेदारीमा थाक्रे गाउँपालिकामा संचालन भइरहेको स्थानिय अधिकार कार्यक्रम अन्र्तगत सामुदायिक विद्यालयमा विज्ञान तथा प्रविधि विषय पढाई रहेका विषयगत शिक्षकहरुका लागि ५ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

    साउन २८ गते थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आर्चायको अध्यक्षतामा शुरु भएको तालिम समापन पनि उहाँकै अध्यक्षतामा समापन भएको थियो। तालिममा २६ जना विषयगत विज्ञान तथा प्रविधि शिक्षकहरुको सहभागिता रहेको थियो

    तालिममा विज्ञान तथा प्रविधि विषयको सिकाई उपलब्धिमा सुधार ल्याउने र विषयगत शिक्षकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ संचालन गरिएको हो। मुख्यतया विज्ञान तथा प्रविधि विषय पढाउँदा आइपरेका समस्या र समाधान, शिक्षण सिकाई विधि, शिक्षण सामग्री तयारी र प्रयोग, कक्षाकोठा व्यावस्थापन, विज्ञान तथा प्रविधि विषयको पाठ्यक्रम, सिकाई उपलब्धि, सिकाई सक्षमता, नतिजा विश्लेषण, विशिष्टिकरण तालिका, प्रश्न पत्र निर्माण, परियोजना कार्यको मुल्यांकन विधि र अभ्यास आदि विषयबस्तुहरुमा प्रशिक्षण सञ्चालन गरिएको थियो ।

    यसै गरी तालिमको सहजिकरण मिना श्रेष्ठले गर्नु भएको थियो । तालिममा सहभागिहरुलाई थाक्रे गाउँपालिकाका अध्यक्ष आचार्यले प्रमाण पत्र वितरण गर्नु भएको थियो। अध्यक्ष आचार्यले आफ्ना महत्वपूर्ण भनाईहरु राख्नु भएको थियो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०८२ सोमवार - ०८:३८:१६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology