आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रूपन्देही–३ उपनिर्वाचनका निम्ति २६ दल दर्ता

रूपन्देही–३ उपनिर्वाचनका निम्ति २६ दल दर्ता

नागरिक पाटी

२, भाद्र २०८२
  • 4.1K
    SHARES
  • रूपन्देही–३ उपनिर्वाचनका निम्ति २६ दल दर्ता

    रूपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनका निम्ति २६ दल दर्ता गरिएका छन् । निर्वाचन आयोगले सोमबार दल दर्ताको निर्णय गरेको हो ।

    images

    निर्वाचन आयोगले आउँदो कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनका निम्ति दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको थियो ।

    उपनिर्वाचन प्रयोजनका निम्ति यही साउन २१ देखि २७ गतेसम्म दल दर्ताको समय तोकिएको थियो । उक्त अवधिमा २७ दल दर्ताको निवेदन दिइएको थियो । निवेदनमाथि अध्ययन गरी कानुनी रित पूरा भएका २६ दल दर्ताको निर्णय गरिएको आयोगले जनाएको छ ।

    आयोगले यसअघि उपनिर्वाचनका निम्ति निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आउँदो असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । सोही दिन साँझ उमेदवारको सूची प्रकाशन गरिनेछ ।

    असोज २४ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

     

     

     

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०८२ सोमवार - २०:३५:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology