आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ग्यास्ट्रिकको समस्या छ ? अब यि कुरा खाँदै नखानुस् !

ग्यास्ट्रिकको समस्या छ ? अब यि कुरा खाँदै नखानुस् !

नागरिक पाटी

३, भाद्र २०८२
  • 5.9K
    SHARES
  • ग्यास्ट्रिकको समस्या छ ? अब यि कुरा खाँदै  नखानुस् !

    ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु–याउँछ । टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदै नखानु उत्तम हुन्छ ।

    images

    दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ । यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ । यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ ।
    नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्राइटिसको असर झन् बढेर जान्छ । तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ ।

    ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ । चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्राइटिसको असरलाई बढाउने काम गर्छ । अझ दूधचिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्राइटिसलाई झन् बिगार्ने काम गर्छ । तर, ग्रिन–टीको सेवनले भने ग्यास्ट्राइटिसको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।
    ग्यास्ट्राइटिसको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसलेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन ।

    नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या बढाउने गर्छ ।

    त्यसैले सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु (ससेज, ह्याम, ट्रान्स फ्याट) लगायत खानेकुरा प्रयोग गर्नुहुँदैन ।

    ग्यास्ट्रिक निको पार्ने घरेलु उपचार विधि
    १. प्रशस्त पानी पिउनेः लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फ्यान्टा जस्ता कोल्डड्रिङसको प्रयोग गर्नुहुँदैन । यसले पेटमा ग्याँस बढाउँछ ।
    २. लसुन पानीको प्रयोगः बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग खाने हो भने ग्यास्ट्रिक भएकाहरलाई फायदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।
    ३ खाना समयमा खानेः ग्यास्ट्रिक भएकाहरुले समेतसम्म प्रत्येक दुई घण्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ।
    ४ कागती पानीको प्रयोगः पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने गर्नुपर्छ । यसले ग्याँस हटाउने काम गर्छ र पेट फुल्न दिँदैन ।
    ५ कार्बोहाइड्रड कम खानेः पेटमा ग्यास जमेर गाह्रो हुने भएकोले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।
    ६ दूध नपिउनेः ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०८२ मंगलवार - २१:०९:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology