आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले भारतसँग खेल्दै

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले भारतसँग खेल्दै

नागरिक पाटी

४, भाद्र २०८२
  • 3.3K
    SHARES
  • साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले भारतसँग खेल्दै

    भुटानमा आजदेखि सुरु हुने साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भारतसँग खेल्दै छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल दिउँसो नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ ।

    images

    यसअघि मंगलबार आयोजित प्रि-म्याच कन्फेरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि जित्ने मुख्य लक्ष्य भएको बताएका थिए ।

    अगस्ट २० देखि ३१ सम्म भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने प्रतियोगिताअघि मंगलबार भएको प्रि–म्याच कन्फेरेन्समा प्रशिक्षक चेतनारायण श्रेष्ठले टोलीको तयारी र लक्ष्यबारे यस्तो बताएका हुन् ।

    टिममा अघिल्लो संस्करण खेलेको खेलाडी रहेकोले प्रदर्शन पनि निखारिएको र सबै पक्षमा काम गरेको प्रशिक्षक श्रेष्ठले बताए ।

    यसपटकको च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन् । प्रतियोगिता डबल राउण्ड रोबिन लिगमा खेलिनेछ र सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ । आजै हुने अर्को खेलमा आयोजक भुटानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०८२ बुधवार - ०८:१८:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology