सोमवार, कार्तिक ३० गते २०८३

Monday, Nov 16 2026 सोमवार, कार्तिक ३० गते २०८३

साफ यू–१७ महिला च्याम्पियनसिपमा भारतसँग नेपालको ७–० को लज्जास्पद हार

साफ यू–१७ महिला च्याम्पियनसिपमा भारतसँग नेपालको ७–० को लज्जास्पद हार

नागरिक पाटी

४, भाद्र २०८२
  • 5.3K
    SHARES
  • साफ यू–१७ महिला च्याम्पियनसिपमा भारतसँग नेपालको ७–० को लज्जास्पद हार

    साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भारतसँग ७–० को लज्जास्पद हार बेहोरेको छ । बुधबार भुटानको चिङलिमिथाङ रंगशालामा सम्पन्न उद्घाटन खेलमा भारतलाई जित दिलाउन अभिष्टा बस्नेत, निरा चानु लोङ्गजाम र अनुष्का कुमारीले दुई गोल गरिन् । जुलान नोङ्गमैथेमले एक गोल थपिन् ।

    images

    १७औँ मिनेटमा अभिष्टा बस्नेतले भारतलाई अग्रता दिलाइन् । २५औँ मिनेटमा निरा चानु लोङ्गजामले अग्रतालाई दोब्बर बनाइन् । ३३औँ मिनेटमा अनुष्का कुमारीले गोल गर्दै अग्रतालाई ३–० को अवस्थामा पुर्‍याइन् । ४१औँ मिनेटमा अभिष्टाले दोहोरो गोल गरेपछि भारतले ४–० को अग्रता कायम गर्‍यो । पहिलो हाफको इन्जुरी समयमा भारतकी जुलान नोङ्गमैथेमले अग्रतामा एक गोल थपिन् ।

    खेलको ५६औँ मिनेटमा निराले पनि पुनः गोल गर्दै अग्रतालाई ६–० सम्म लम्ब्याइन् । ६२औँ मिनेटमा अनुष्काले पनि दोहोरो गोल गर्दै टोलीको जित सुनिश्चित गरिन् ।

    यो जितसँगै भारतले लिगमा पहिलो तीन अंक बनाएको छ । भारतले अब दोस्रो जितको निम्ति शुक्रबार ९अगष्ट २२० मा बंगलादेशको सामना गर्नेछ । पराजित नेपालले भने पहिलो जितको निम्ति शुक्रबार ९अगष्ट २२० मा घरेलु टोली भुटानको सामना गर्नेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०८२ बुधवार - १८:४८:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology