आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आठ प्रकारका कडा रोगको उपचार सुविधा अब स्वास्थ्य बीमाबाट मात्र उपलब्ध गराईने

आठ प्रकारका कडा रोगको उपचार सुविधा अब स्वास्थ्य बीमाबाट मात्र उपलब्ध गराईने

नागरिक पाटी

४, भाद्र २०८२
  • 4.7K
    SHARES
  • आठ प्रकारका कडा रोगको उपचार सुविधा अब स्वास्थ्य बीमाबाट मात्र उपलब्ध गराईने

    सरकारले छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्दै आठ प्रकारका कडा रोगको उपचार सुविधा स्वास्थ्य बीमामार्फत मात्रै उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ ९पहिलो संशोधन० स्वीकृत गरेसँगै यो नयाँ व्यवस्था लागु भएको हो ।

    images

    अबदेखि नागरिकले मिर्गौला, मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाजस्ता कडा रोगको उपचारबापत पाउने सरकारी सुविधा स्वास्थ्य बीमा बोर्डमार्फत एकद्वार प्रणालीबाट प्राप्त गर्नेछन् ।

    यस्ता छन् सुविधा

    मिर्गौला रोगः हेमोडाइलाइसिस सेवा पूर्ण रूपमा निःशुल्क हुनेछ । मिर्गौला प्रत्यारोपणका लागि कुल ७ लाख ५० हजार रुपैयाँ ९विपन्न सुविधा र बीमामार्फत थप एक लाखसहित० प्राप्त हुनेछ । साथै, प्रत्यारोपण गराएका बिरामीले मासिक ५ हजार जीवन निर्वाह भत्ता पनि पाउनेछन् ।

    आठ प्रकारका कडा रोगमा मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाजस्ता रोगहरूको उपचारका लागि बीमा र विपन्न सुविधासमेत गरी कुल ३ लाख बराबरको उपचार सेवा उपलब्ध हुनेछ ।

    मुटुको भल्भ सर्जरीः १५ वर्षमुनि र ७५ वर्षमाथिका नागरिकका लागि गंगालाल र मनमोहन अस्पतालमार्फत निःशुल्क अप्रेसनको व्यवस्था गरिएको छ । साथै बीमामार्फत थप २ लाख रुपैयाँ बराबरको सुविधा पनि प्राप्त हुनेछ ।

    यो एकीकृत सेवा लिनका लागि नागरिक अनिवार्य रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको हुनुपर्ने प्रावधान राखिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०८२ बुधवार - १८:५२:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology