आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा

नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा

नागरिक पाटी

८, भाद्र २०८२
  • 3.7K
    SHARES
  • नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा

    पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण संघ ९एनएमए०को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित भएका छन् । आइतबार ९भदौ ८० बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उमेदवार कुलबहादुर गुरुङलाई पराजित गरेका हुन् । शेर्पाले ३४२ र गुरुङले २८८ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

    images

    यस्तै, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् । सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन् ।

    सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, दिकी शेर्पा र निशा भोटे विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ८, २०८२ आइतवार - ०८:०४:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology