सोमवार, कार्तिक ३० गते २०८३

Monday, Nov 16 2026 सोमवार, कार्तिक ३० गते २०८३

थाहा नगरपालिका पूर्ण संस्थागत सुत्केरी पालिका घोषित

थाहा नगरपालिका पूर्ण संस्थागत सुत्केरी पालिका घोषित

नागरिक पाटी

८, भाद्र २०८२
  • 5.9K
    SHARES
  • थाहा नगरपालिका पूर्ण संस्थागत सुत्केरी पालिका घोषित

    मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषित भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आइतबार एक कार्यक्रमका बीच थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरेका हुन् ।

    images

    मुख्यमन्त्री बानियाँले प्रत्येक गर्भवतीले स्वास्थ्य संस्थामा पुगेर सुरक्षित सुत्केरी गराउन पाउनु उनीहरूको नैसर्गिक अधिकार भएको भन्दै सुरक्षित सुत्केरी हुने वातावरण बनाउनु प्रदेश सरकारको पनि उच्च प्राथमिकता रहेको बताए । उनले थाहा नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीको कार्यको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।

    थाहा नगरपालिकामा सबै गर्भवती स्वास्थ्य संस्थामा गएर सुरक्षित ढंगले सुत्केरी हुने गरेको तथा नगरपालिकामा मातृ तथा नवजात शिशु मृत्यु दर शून्य रहेको कार्यक्रममा जानकारी दिइएको थियो । थाहाले १७ साउन २०७६ मा ६ नम्बर वडालाई पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको थियो ।

    अन्य वडामा पनि पूर्ण संस्थागत सुत्केरी घोषणापछि नगरपालिकालाई नै घोषणा गरिएको हो । थाहा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले पालिकाभर १२ वटा स्वास्थ्य संस्था रहेको जानकारी दिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ८, २०८२ आइतवार - १९:०४:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology