धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर -६ धार्केबजारमा मीनि मार्ट सञ्चालनमा आएको छ ।
आज सोमबारबाट धुनिवेशी लिक्वेर (किराना तथा खाध्यान्न मार्ट) सञ्चालनमा आएको हो । चाड–पर्वलाई लक्षित गरेर धार्केको राजु मेडिकल नजिकै मार्ट सञ्चालन गरिएको छ।
मार्टले उपभोक्ता वर्गमा सहजता र उत्साह ल्याउने अपेक्षा गरिएको मार्टका सञ्चालक युवा व्यवसायी किशोर कोईरालाले जानकारी दिनु भएको छ।
नियमित रुपमा उपभोक्तालाई आवश्यक पर्ने दैनिक उपभोग्य बस्तु सुलभ मूल्यमा बिक्री गरिने लक्ष्य राखिएको छ ।
यस मार्टबाट धुनिवेशी, थाक्रे, नुवाकोटको बेलकोटगढी, ककनीका र मकवानपुरको थाहाका उपभोक्ताले दैनिक उपभोग्य सामग्री सहज रुपमा खरिद गर्न सक्नेछन्।
केही तस्बिरहरु :



