मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

बन्दीपुर केबुलकारको आईपीओ खुल्यो

बन्दीपुर केबुलकारको आईपीओ खुल्यो

नागरिक पाटी

११, भाद्र २०८२
  • 4.0K
    SHARES
  • बन्दीपुर केबुलकारको आईपीओ खुल्यो

    आम सर्वसाधारणका लागि बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आजदेखि खुलेको छ । जारी पूँजी २ अर्ब ८३ करोडको २०।७० प्रतिशत सेयर अर्थात् ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहमा छुट्याइएको छ । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, कर्मचारी, सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो ।

    images

    भदौ १५ गतेसम्म कम्पनीको सेयरमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

    अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ११, २०८२ बुधवार - १३:३६:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology