बागमती प्रदेश सुरक्षा समितिको बैठकले प्रदेशको समग्र शान्ति सुरक्षा सुदृढ बनाउन निर्देशन गरेको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले विपद् पूर्वतयारीदेखि सामाजिक सञ्जालको निगरानीमा कडाइ गर्न निर्देशन गरेको हो ।
बैठकमा मुख्यमन्त्री बानियाँले वर्षा तथा बाढी पहिरो जस्ता प्राकृतिक विपद्को पूर्वतयारी, अवैध हातहतियार नियन्त्रण, लागूऔषधविरुद्धको अभियान, चाडपर्व लक्षित सुरक्षा व्यवस्थापन र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएका हुन् ।