बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बजेट अभाव हुन नदिने बताएका छन् । उनले प्रदेशको गौरवको आयोजनाको रूपमा प्रदेश सरकारले प्राथमिकताका साथ विकास गरिने बताए ।
बिहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पतालको अवलोकन तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले प्रतिष्ठानको लागि बजेटको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।