बागमती प्रदेशसभा बैठक १५ भदौमा बस्ने भएको छ । प्रदेशसभा सचिवालय हेटौँडाले सूचना जारी गर्दै भदौ १५ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको जनाएको छ ।
प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले शुक्रबार जारी गरेको सूचनामा बैठकको समय निर्धारण भएको उल्लेख गरिएको छ । प्रदेशसभाको छैटौँ अधिवेशन अन्तर्गत बाह्रौँ बैठक प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरिएको सचिवालयले जनाएको छ ।