आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भारतलाई साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि

भारतलाई साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि

नागरिक पाटी

१४, भाद्र २०८२
  • 2.2K
    SHARES
  • भारतलाई साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि

    नेपाललाई हराउँदै भारतले एक खेलअगावै भुटानमा चलिरहेको साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपको उपाधि जितेको छ । थिम्पुमा हिजो बेलुका भएको खेलमा नेपाल भारतसँग ५ गोलले पराजित भयो ।

    images

    प्रतियोगितामा अपराजित रहेको भारतको पाँच खेलमा १५ अङ्क भएको छ । उसले शीर्ष स्थानमा रहेर उपाधि जितेको हो । दोस्रो स्थानमा रहेको बङ्गलादेशको समान पाँच खेलमा १० अङ्क छ । हिजो बङ्गलादेश र भुटानले बराबरी खेल्दै अङ्क बाँडेका थिए ।

    अब अन्तिम खेलमा भारत र बङ्गलादेश तथा नेपाल र भुटान खेल्नेछन् । नेपालको पाँच खेलमा तीन अङ्क र समान खेलमा भुटानको एक अङ्क छ । भारतले यसअघि सन् २०१८ र २०१९ मा साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०८२ शनिवार - ०७:३६:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology