धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा तर्दथ समिती गठन गरेको छ । पार्टीका कार्यबाहक केन्द्रीय सभापति डि.पि. अर्यालको प्रमुख आतित्थ्यतामा धार्केम भएको उक्त वडाको प्रथम भेला मार्फत समिती गठन गरिएको हो ।
समितीको सभापतीमा ऋषि आचार्य, उपसभापतिमा रमेश प्रसाद चापागाई, सचिवमा घनश्याम खतिवडा चयन भएका हुन् ।
यस्तै सदस्यहरुमा राजिब गजुरेल, रुपक आचार्य, दिपक काफ्ले, राजकुमार तामाङ, रीना उप्रेती, मनिस तामाङ, गणेश खतिवडा र माधव कोईराला चयन भएका छन् । रास्वपाले यसअघि धुनिवेशीका विभिन्न वडामा समिती गठन गरिसकेको छ ।
कार्यक्रममा वडास्तरमा पार्टी सशक्त बनाउने, संगठन विस्तार गर्ने र स्थानीय समस्याहरूलाई प्राथमिकताका साथ समाधान खोज्ने विषयमा छलफल गरिएको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य उपेन्द्र पाण्डे, बागमती प्रदेश सदस्य राजन अर्याल, धुर्व रेग्मी, साथै धादिङका जिल्ला सभापति सुर्यमणि पाठक लगायत स्थानिय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।