शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रयास नेपाल धादिङको २४औं वार्षिक साधारणसभा तथा सामाजिक लेखा परिक्षण सम्पन्न

प्रयास नेपाल धादिङको २४औं वार्षिक साधारणसभा तथा सामाजिक लेखा परिक्षण सम्पन्न

शिवराज आचार्य

१६, भाद्र २०८२
  • 9.8K
    SHARES
  • प्रयास नेपाल धादिङको २४औं वार्षिक साधारणसभा तथा सामाजिक लेखा परिक्षण सम्पन्न

    प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको २४औं वार्षिक साधारणसभा तथा सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । धादिङबेसीमा भएको जिल्ला स्तरीय सामाजिक लेखा परिक्षण तथा २४औं वार्षिक साधारण सभामा संस्थाको आर्थिक वर्ष ०८१/०८२ वर्षको आर्थिक तथा प्रगति विवरणको समिक्षा गरिएको हो ।

    images
    images

    प्रयास नेपाल धादिङले विभिन्न साझेदार संस्थाहरुको सहयोगमा धादिङ जिल्लाको ११ वटा गाउँपालिका र २ वटा नगरपालिका गरि १३ वटै स्थानीय तहहरुमा परियोजना सञ्चालन गर्दै आएको छ । कार्यक्रममा कार्यकारी निर्देशक दामोदर अर्यालले वार्षिक प्रगति प्रतिवेदन गरेका थिए । २४औं वार्षिक साधारणसभाले संस्थाको आगामी आर्थिक वर्ष ०८२÷०८३ निति, कार्यक्रम तथा प्रस्तावित बजेट पारित गरेको छ ।

    सामाजिक लेखा परिक्षण कार्यक्रममा विद्यालयका शिक्षक, बालक्लबका भाइबहिनी, बाल विकास सहजकर्ता, सरोकारवाला नियकाय, परियोजनाबाट लाभान्वित समुदाय तथा अभिभावकहरुले प्रयास नेपालले सञ्चालन गरेको परियोजनाका क्रममा गरेका कामको खुलेरै प्रशंसा गर्दै सुझाव तथा सल्लाह दिएका छन् ।

    परियोजना सञ्चालनपछि विद्यालय तथा समाजमा अतुलनिय परिवर्तन देखिएको सहभागीहरुले बताएका छन् । शैक्षिक गुणस्तर, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सामाजिक न्याय, बालबालिकाको शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी, विपद् जोखिम न्यूनिकरण तथा सुशासन लगायतका क्षेत्रमा उल्लेखनिय परिवर्तन भएको सहभागीहरुले बताए ।

    सामाजिक लेखा परिक्षण कार्यक्रममा स्थानीय सरकार, वडा वा समुदायसँग परियोजना संचालनका क्रममा समन्वय तथा सहकार्यको अवस्था, प्रशासनिक खर्च र प्रत्यक्ष समुदायमा भएको खर्चको अनुपात, अघिल्लो वर्षहरुमा सामाजिक लेखा परीक्षणमा उठाइएका सुझावहरूको कार्यान्वयनको अवस्था, चालु आर्थिक वर्षका लागि संस्थाले ल्याएका योजना र सुधारका कार्यक्रम, चेपाङ समुदाय लक्षित कार्यक्रम लगायत जिज्ञासा राखेका थिए । कार्यक्रममा सहभागीहरुले प्रयास नेपालले संचालन गरेको परियोजनाबाट समुदायमा सकारात्मक परिवर्तन आएको बताएका छन् । कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले सम्बोधन गरेका थिए ।

    सामाजिक लेखा परिक्षण पत्रकार द्धय डाक्टर मुरारी अधिकारी र अर्जुन श्रेष्ठले गरेका हुन् । सामाजिक लेखा परिक्षण कार्यक्रमको रेडियो धादिङ १०६ मेगाहर्ज र राजमार्ग रेडियो ९२ दशमलव १ मेगाहर्जबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रमकै अवसरमा उत्कृष्ट कर्मचारी, सहयोगी संघ संस्था, विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरेको छ । प्रमाण पत्र, मेडल तथा दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

    प्रयास नेपालले धादिङको १३ वटै स्थानीय तहमा परियोजना सञ्चालन गर्दै सामाजिक रुपान्तरण र दिगो विकासमा ठूलो योगदान गरेको समाज कल्याण परिषदका उपाध्यक्ष नन्दलाल माझीले बताए । कार्यक्रमको उद्द्धाटन समारोहको सम्बोधन गर्दै माझीले प्रयास नेपालको सामाजिक परिवर्तन र रुपान्तरणको प्रयास सफल रहेको बताएका हुन् ।

    ‘२३ औं वर्ष पूरा गरेर २४ वर्षमा प्रवेश गर्दै गर्दा परिपक्क भएर अझै सामाजिक क्षेत्रमा लाग्ने प्रेरणा मिलोस् । नागरिकको सेवा र सन्तुष्टिमा प्रयास नेपालले देखाएको जागरुकता साच्चै प्रशंसनीय छ । हामी सबैले मिलेर आगामी दिनमा प्रयास नेपाललाई आहा बनाउन लागौं’ उनले भने ।
    त्यस्तै, कार्यक्रममा प्रतिनिधि सभाका सदस्य तारा लामा, बागमती प्रदेशका पुर्व सदस्य डाक्टर रामकुमार अधिकारी, जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अभिकारी, उपप्रमुख कुलमान विश्वकर्मा, गंगा जमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामा, उपाध्यक्ष रामेश्वर सिम्खडा, खनियाबास गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ, सिद्धलेक गाउँपालिका उपाध्यक्ष सविता अर्याल, वडा अध्यक्ष लगायत अतिथिहरुले प्रयास नेपालको २३ वर्षे यात्राको प्रशंसा गर्दै आगामी सुनौलो दिनको शुभकामना दिएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १६, २०८२ सोमवार - १८:११:४१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology