शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङवेसीमा सरकारी कार्यालयहरुको वार्षिक समिक्षा कार्यक्रम सुरु

धादिङवेसीमा सरकारी कार्यालयहरुको वार्षिक समिक्षा कार्यक्रम सुरु

शिवराज आचार्य

१८, भाद्र २०८२
  • 4.2K
    SHARES
  • धादिङवेसीमा सरकारी कार्यालयहरुको वार्षिक समिक्षा कार्यक्रम सुरु

    संघिय तथा प्रादेशिक कार्यालयहरु र स्थानीय तहहरुको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समिक्षा कार्यक्रम धादिङबेशीमा मंगलबारबाट सुरु भएको छ ।

    images
    images

    वर्षभरि गरिएको कामको समिक्षा आगामी वर्षका लागि कार्यक्रम तथा योजनालाई प्रभावकारी बनाउन र अनुभव आदान प्रदान तथा सिकाई व्यवस्थापन गर्ने उद्धेश्यले वार्षिक प्रगति समिक्षा कार्यक्रम थालिएको हो ।

    मंगलबारदेखि सुरु भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका, धुनिवेशी नगरपालिका, गंगाजमुना गाउँपालिका, नेत्रावति डबजोङ गाउँपालिका, गल्छी गाउँपालिका, थाक्रे गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाले प्रस्तुितकरण गरेका छन् ।

    त्यस्तै, नागढुंङगा सडक आयोजना पूर्वी खण्ड, सघन शहरी तथा भवन निर्माण कार्यालय धादिङ, पूर्वाधार विकास आयोजना, नयाँ शहर आयोजना कार्यालय गल्छी, राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम, डिभिजन वन कार्यालय धादिङ, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय धादिङ, कृषि विकास कार्यालय धादिङ र पशु सेवा कार्यालय धादिङले पनि कार्यलयले गत वर्षमा गरेका कार्यक्रमहरु प्रस्तुतकिरण गरेको हो । बाँकी रहेका पालिका र कार्यालयहरुले आज भदौ १८ गते प्रस्तुतकिरण गर्ने जिल्ला समन्वय अधिकारी रामाश्रय यादवले बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १८, २०८२ बुधवार - ०७:३९:३७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology