आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङ सहित तीन जिल्लामा आज सार्वजनिक विदा

धादिङ सहित तीन जिल्लामा आज सार्वजनिक विदा

नागरिक पाटी

२२, भाद्र २०८२
  • 2.5K
    SHARES
  • धादिङ सहित तीन जिल्लामा  आज सार्वजनिक विदा

    बागमती प्रदेश सरकारले चेपाङ जातिको मुख्य पर्व न्वागी अर्थात छोनाम पर्वको अवसरमा सार्वजनिक आज तीन जिल्लामा सार्वजनिक विदा दिएको छ ।

    images

    बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै आज (भदौ २२) गते आइतबार धादिङ, चितवन र मकवानपुर जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

    बागमती प्रदेश राजपत्रमा यसअघि प्रकाशित निर्णयअनुसार नै चैपाङ समुदायले मनाउने छोनाम पर्वमा चेपाङ समुदायको बाहुल्यता रहेका बागमती प्रदेशका ३ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरिएको जनाएको छ ।

    यस निर्णयसँगै आज (आइतबार) चितवन, मकवानपुर र धादिङका सरकारी तथा सार्वजनिक निकाय बन्द रहनेछन् । गत वर्षमा पनि चेपाङ जातिको न्वागी पर्वमा बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक विदा दिइएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०८२ आइतवार - ०७:३४:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology