बेनिघाट रोराङ गाउँपालिकामा सञ्चालित शिक्षामा पहुँच सुनिश्चितता(सेफ) परियोजना अन्तरगतको परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले चाईल्डफण्ड जापान (ChildFund Japan) को आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा बालबालिकाको समग्र शैक्षिक गुणस्तर सुधार तथा परिवार र समुदायको आय वृद्घि सुधार गर्ने उद्देश्यसहित वडा नम्बर ६, ८ र १० का विद्यालयहरुमा सञ्चालन गरिरहेको सेफ परियोजनाको मंगलबार सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ।

बैठकमा अघिल्लो सल्लाहकार समितिको बैठकको समिक्षा, अघिल्लो बैठक देखि हालसम्मको प्रगति तथा आर्थिक समिक्षा,आगामी कार्य योजना, वालवालिकाहरुको सिकाई उपलब्धी र शिक्षण प्रक्रिया,विद्यालयमा उपलब्ध सामग्री उपलब्ध भएको तालीमको उच्चतम प्रयोग र दस्तावेजीकरण लगाएत विविध विषयमा छलफल गरिएको थियो ।
बैठकमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक), उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत रामबाबु पौडेल,शिक्षा अधिकृत बोधराज पाठक, प्रशासन शाखा, योजना तथा अनुगमन शाखा प्रमुख परशुराम घिमिरे, श्रोत व्यक्ति रामेश्वर पोखरेल, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल लगाएत गाउँपालिकाका बिभिन्न शाखाका कर्मचारी, प्रयास नेपालका कर्मचारीहरुको सहभागीता रहेको थियो ।