मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

नर्भिक अस्पतालले २५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने

नर्भिक अस्पतालले २५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने

नागरिक पाटी

२, आश्विन २०८२
  • 1.9K
    SHARES
  • नर्भिक अस्पतालले २५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने

    नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

    images

    बिहीबार सेयर निष्कासनसम्बन्धी सम्झौतामा नर्भिक अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

    सन् १९९३ मा ३० शय्याको सामान्य सुविधासहित सुरु भएको यो अस्पताल हाल २०० शय्याको बहु(विशेषज्ञ अस्पतालका रूपमा सञ्चालित छ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २, २०८२ बिहिवार - १७:४५:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology