आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गोरखाको अजिरकोट गाउँपालिकामा स्याउको परीक्षण उत्पादन सफल

गोरखाको अजिरकोट गाउँपालिकामा स्याउको परीक्षण उत्पादन सफल

नागरिक पाटी

४, आश्विन २०८२
  • 3.6K
    SHARES
  • गोरखाको अजिरकोट गाउँपालिकामा स्याउको परीक्षण उत्पादन सफल

    गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल भएको छ । तीन वर्ष अगाडी स्थानीय सञ्जीव लामाले गाउँपालिकाको ५० प्रतिशत अनुदानमा सुरु गरेको मूलखर्क स्याउ फर्ममा पहिलो पटक स्याउ फलेको हो ।

    images

    लामाका अनुसार गाउँपालिकाले उपलब्ध गराएको इटालियन तीन प्रजातिको ९गोल्डेन डेलिसियस, गाला र इटालियन फुजी० बेर्ना तीन वर्ष रोप्न सुरु गरिएकोमा यस वर्ष भने उत्पादन दिन थालेको हो । सामुन्द्रिक सतहदेखि २२ सय मिटरमा अवस्थित करिब २० रोपनी क्षेत्रफलमा स्याउको पहिलो पटक परीक्षण उत्पादन सफल भएपछि व्यवसायिक रुपमा उत्पादन गर्ने लामाले बताए ।

    अजिरकोट गाउँपालिकाको एक वडा एक कृषि फर्म कार्यक्रम अन्तर्गत स्थानीय स्तरमा स्याउको पहिलो पटक परीक्षण खेती गरिएको पालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा २ नं वडामा तीन वटा स्याउ फर्म सञ्चालन गरिएको र तीन वटै फर्ममा स्याउको सफल परीक्षण उत्पादन भएको बताए । त्यस्तै पालिका भित्र ट्राउट माछाको परीक्षण गरिएको र त्यसको नतिजा पनि सकारात्मक रहेको अध्यक्ष देवकोटाले बताए ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ४, २०८२ शनिवार - १०:१६:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology