मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

एसवाई प्यानलको आईपीओ खुल्यो

एसवाई प्यानलको आईपीओ खुल्यो

नागरिक पाटी

७, आश्विन २०८२
  • 3.2K
    SHARES
  • एसवाई प्यानलको आईपीओ खुल्यो

    एसवाई प्यानलको आईपीओ आज मंगलबारदेखि खुलेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरेको हो । भदौ २९ गतेबाट आईपीओमा आवेदन खुलाइने भनिए पनि विषम परिस्थितिका कारण सारिएको थियो ।

    images

    कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय कित्ताको ४० प्रतिशत सेयर अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको छ ।

    जसमध्ये २ लाख ६१ हजार ६२७ कित्ता उद्योग प्रभावित क्षेत्रका लागि र ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारमा रहेकाहरूका लागि छुट्याइएको छ । उद्योग प्रभावित क्षेत्रका रुपमा चितवन जिल्लाको रत्ननगरपालिकाका सबै वडाहरू समेटिएका छन् । न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।

    प्रभावित स्थानीयले प्रभु बैंकका सौराहा शाखा, टाँडी शाखाबाट आवेदन दिन सक्नेछन् । प्रभु क्यापिटलको अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

    त्यस्तै वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको मुख्य कार्यालय काठमाडौंको तीनकुनेमा छ । उद्योग रत्ननगर १४ मा पर्दछ । करिब ५० डिलरमार्फत एसवाई प्यानलका वस्तु बिक्री हुने गरेको कम्पनीको दाबी छ ।

    अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्म कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८१ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ४२ पैसा छ । सञ्चित नाफा १२ करोड १० लाख रुपैयाँ छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ७, २०८२ मंगलवार - ११:५५:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology