मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

शेयर बजार २७ अङ्कले घट्यो

शेयर बजार २७ अङ्कले घट्यो

नागरिक पाटी

८, आश्विन २०८२
  • 4.5K
    SHARES
  • शेयर बजार २७ अङ्कले घट्यो

    लगातार दुई कारोबार दिन बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ८९ अङ्कले घटेर २ हजार ६ सय ५४ दशमलव ३५ विन्दुमा झरेको छ ।

    images

    आज होटल र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा अन्य समूहको शेयर २ दशमलव १६ प्रतिशतले ओरालो लागेको छ । आज १ सय ९३ वटा कम्पनीको शेयर घटेकोमा ५३ वटाको बढेको छ । यस्तै २ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब २९ करोडको कारोबार भएकोमा आज ३ सय १७ वटा कम्पनीका ९४ लाख ८ हजार कित्ता शेयर ४ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ८, २०८२ बुधवार - १६:३३:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology