सोमवार, कार्तिक ३० गते २०८३

Monday, Nov 16 2026 सोमवार, कार्तिक ३० गते २०८३

नेपाली क्रिकेटकै ऐतिहासिक जित, नेपाललाई वेस्ट इन्डिजविरुद्धको क्रिकेट शृंखलाको उपाधि

नेपाली क्रिकेटकै ऐतिहासिक जित, नेपाललाई वेस्ट इन्डिजविरुद्धको क्रिकेट शृंखलाको उपाधि

नागरिक पाटी

१४, आश्विन २०८२
  • 4.6K
    SHARES
  • नेपाली क्रिकेटकै ऐतिहासिक जित, नेपाललाई वेस्ट इन्डिजविरुद्धको क्रिकेट शृंखलाको उपाधि

    वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी–२० क्रिकेट शृंखलाको उपाधि नेपालले जितेको छ । सोमबार राति संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमै समेटियो ।

    images

    वेस्ट इन्डिजलाई सस्तैमा रोक्न नेपालका मोहम्मद आदिल आलमले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका आलमले २४ रनमात्र खर्चिए । कुशल भुर्तेलले तीन विकेट लिए । २.१ ओभर बलिङ गरेका कुशलले एक मेडेन फाल्दै १६ रनमात्र खर्चिए । दीपेन्द्र सिंह ऐरी, करण केसी र ललित राजवंशीले समान एक–एक विकेट लिए ।

    वेस्ट इन्डिजका कुनै पनि ब्याटरको प्रदर्शन उल्लेखनीय रहन सकेन । जेसन होल्डरले २१, अकिम अगस्टेले १७ र आमी जांगोले १६ रन बनाए । अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

    त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल खडा गरेको थियो ।

    नेपालबाट ओपनर आसिफले सर्वाधिक ६८ रन बनाए । उनले ४७ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । यसैगरी, सन्दीप जोराले ३९ बलमा तीन चौका र पाँच छक्कासहित ६३ रन बनाए ।

    ४३–३ को स्थितिबाट यी दुईले १०० रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए । आदिल आलमले ११ रन थपे ।

    वेस्ट इन्डिजका बलिङतर्फ अकिल हुसेन र काइल मेयर्सले समान दुई–दुई विकेट लिए । यसबाहेक, जेडिया ब्लेड्सले एक विकेट लिए ।

    नेपाली क्रिकेटले इतिहासमै टेस्ट राष्ट्रविरुद्धको शृंखला जितेको यो पहिलोपटक हो । नेपाली टिमले आईसीसीको पूर्ण सदस्य राष्ट्रविरुद्ध खेलेको पहिलो शृंखलामा नै जित निकालेको हो ।

    दोस्रो जितसँगै नेपालले तीन खेलको शृंखलामा २–० को अग्रता बनाएको छ । यी दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल मंगलबार हुने तालिका छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १४, २०८२ मंगलवार - ०६:२०:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology