शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

फागुन २१ गते हुने चुनावको कार्यतालिका स्वीकृत

फागुन २१ गते हुने चुनावको कार्यतालिका स्वीकृत

नागरिक पाटी

२१, आश्विन २०८२
  • 3.4K
    SHARES
  • फागुन २१ गते हुने चुनावको कार्यतालिका स्वीकृत

    निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार मङ्सिर एक गतेदेखि १० गतेसम्म चुनावी प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ । कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आउँदो माघ दुई गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । यस्तै, फागुन तीन देखि १८ गतेसम्म चुनाव प्रचारप्रसार हुने र त्यसपछि प्रचारप्रसार निषेधको अवधि रहने छ ।

    images
    images

    फागुन २१ गते बिहान सात बजेदेखि बेलुकी पाँच बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका सङ्कलन भएपछि मतगणना शुरू गरिने छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम रहेको रहेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
    आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र चुनावी प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको हुँदा चुनावमा भाग लिन चाहनेहरुले आउँदो कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने आयोगले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २१, २०८२ मंगलवार - ०७:३०:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology