आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मलेसियामाथि नेपालको सहज जित

मलेसियामाथि नेपालको सहज जित

नागरिक पाटी

२१, आश्विन २०८२
  • 2.7K
    SHARES
  • मलेसियामाथि नेपालको सहज जित

    नेपालले महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा घरेलु टोली मलेसियाविरुद्ध ६ विकेटको जित दर्ता गरेको छ । मंगलबार मलेसियाको बायोमास क्रिकेट ओभलमा घरेलु टिमले प्रस्तुत गरेको ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।

    images

    नेपालको जितमा कप्तान इन्दु बर्माले अविजित ४८ रन बनाइन् । रुविना क्षेत्रीले अविजित २३ रन थप्दा कविता कुँवरले १६ र सम्झना खड्काले ११ रन बनाए ।

    मलेसियाका लागि आइना हमिजा हसिम, नुर डानिया स्युहदा, माहिरा इज्जती इस्माइलले समान एक–एक विकेट लिइन् । त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १११ रनको योगफल तयार पारेको थियो ।

    मलेसियाका मास एलिसाले ६३ बलमा पाँच चौकाको मद्दतले अविजित ५६ रनको योगदान गरिन् । यसैगरी, माहिरा इज्जती इस्माइलले १८ र नुर डानिया स्युहदाले १५ रन बनाइन् । नेपालका लागि कविता कुँवरले तीन विकेट लिइन् । पूजा महतो र कविता जोशीले समान एक–एक विकेट लिइन् ।

    नेपालको यो जितसँगै पाँच खेलको शृंखला २–२ को बराबरीमा आएको छ । शृंखलामा यसअघि मलेसियाले पहिलो र तेस्रो खेलमा क्रमशः तीन र १३ रनको जित निकालेको थियो । यता, नेपालले दोस्रो खेलमा ६ विकेटको जित निकालेका थियो । शृंखलाको पाँचौँ तथा निर्णायक खेल बुधबार हुनेछ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २१, २०८२ मंगलवार - १२:०४:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology